"ON RUSH" by Deepak Bajracharya.


All content provided by Artist (Deepak Bajracharya).

Nepalitube.com will let you watch, share and watch nepali videos

   
 

Popular Nepali singer Deepak Bajracharya has released his new album "ON RUSH."  This is his eighth album.  Album consists of 10 songs.   

 
Share
Press play to hear the demo.
 
 
 
Press Release

प्रेस विज्ञप्ति
मिति: २१ माघ २०६७

चर्चित गायक दिपक बज्राचार्य आफ्नो नया एलबम अन्रश्का साथ फेरि श्रेतामाझ आएका छन् । उनको दुई दशकको सांगीतिक यात्रामा यो आठौं एल्बम हो । फास्ट र लोकप्रिय विटमा चर्चित र लोकप्रिय मानिएका दिपकले आफ्नो नया एलबममा पुरानो पनलाई पनि निरन्तरता दिएका छन् । ६ वर्षसम्म उनको नया सिर्जना सुन्न नपाएर न्यास्रिएका स्रोताका लागि विश्वभर मनाइने प्रेम दिवस भ्यालेन टाइनको पूर्वसन्ध्यामा उनको यो एलबम ठूलो उपहार हुनेछ । चल्ती र नया विकास भएका सांगीतिक प्रयोग गरेर उनले एलबमलाई थप नया पन दिएका छन् ।

एलबममा विभिन्न समय सन्दर्भमा लेखिएका तिमीलाई भुलेको छैन, हावाको सिरसिरे, आँखामामात्र, जानीजानी, अंगालोको न्यानो पन, तिमी सामु, हरपल सम्झन्छु तिमीलाई, प्रेम प्रस्ताव र भावीको लेखा गरी १० वटा गीत समावेश छन् । तिमीलाई भुलेको छैन बोलको गीतलाई अनप्लग भर्सनमा पनि तयार गरिएको छ । एलबममा जेम्स प्रधानले ३ वटा, दीपक बज्राचार्य स्वयंले ४ वटा, भूपेन्द्र बज्राचार्य र अनिल सिंह १/१ वटा गीतमा संगीत भरेका छन् । गीतहरु जेम्स, दीपक, मीरा शाह, कुसुम खड्का र अनिल सिंहले लेखेका हुन् । सबै गीत प्रेमभावका छन् ।

कालीकाली हिस्सी परेकी, ओ अमिरा, अध्यारोमा, झुमीझुमी, कति बस्छ्यौ माइती घरमा, बितिसकेपछि फर्केर आउदैनजस्ता कालजयी र चर्चित गीतका गायकको यो एलबम वर्षौंको मेहनत र त्यागले तयार भएको हो । व्यवस्थापनमा स्नातक ओजिलो स्वरका धनी दिपकले प्रेम र जीवन दर्शनका गीतमा आफूलाई अब्बल ठहर्‍याएका छन् । जसलाई आज सार्वजानिक गर्न पाउनु हाम्रा लागि गौरवको कुरा हो । नेपाली पप संगीतका लागि यो ठूलो उपलब्धि पनि हो । किनभने विशेष गरी पप संगीतमा ब्यान्ड भन्ने वित्तिकै धेरैले विद्युतीय ध्वनिको प्रयोगमात्रै हो भन्ने ठान्छन् । दिपक र उनको ब्यान्डले विगत ८ वर्षदेखि आफुलाई एकोस्टिक ब्यान्डका रुपमा प्रयोग गर्दै आएको छ । एलबममा पनि त्यसको प्रयोग भएको छ । उनी सहित ५ जनाको उनको ब्यान्डमा रोजन कायस्थ, रिकी शाक्य, फिरोज बज्राचार्य र बिकी शाक्य छन् ।

संगीत गुन्गुनाउन चाहने, संगीतमा झुम्न चाहने र नाच्न चाहने सबैका लागि यस एलबमका गीत सुहाउदा छन् । विश्वका धेरै देशमा आफ्नो प्रस्तुती दिइसकेका, २ सय ७५ गीतमा स्वर दिएर पप संगीतमा आफ्नै इतिहास र उचाइ बनाएका गायक दिपक बज्राचार्यलाई यो एलबमले नेपालको पप संगीतमा सफलताको अर्को मोडमा उभ्याउनेमा हामी विश्वस्त छौं । उनको गायनप्रतिको श्रद्धा स्रोताबाट विगतमाजस्तै यसमा पनि प्राप्त हुनेछ भन्ने हामीलाई पूर्ण विश्वास छ ।

एलबमका दुई गीत अंगालोमा र तिमीलाई भुलेको छैनको म्युजिक भिडियो तयार गरिएको छ । प्रताप सिंह र संजीव राईले त्यसको निर्देशन गरेका छन् । यसअघि हिट्स एफएम, मिलेनियम, आहा पप म्युजिक लगायत अवार्ड जितिसकेका गायक दिपकको एलबम अन्रश्को प्रमोशन र संगीतको पाइरेसी विरुद्ध सचेतनाका लागि हामी देशभर र विदेशमा पनि सांगीतिक यात्रामा निस्कने छौं ।

यो एलबम एकजनाको मेहनतलेमात्रै सम्भव भएको होइन । यसको उत्पादनमा लेखक, संगीतकार, वाध्यवाधक, संगीत संयोजक, रेकर्डिंग स्टुडियो र रेकर्डिस्ट, कार्यक्रम प्रायोजक तथा प्रत्यक्ष अप्रत्यक्ष सघाउने सबैलाई धन्यवाद दिन चाहन्छौं । यस अन्रश् एलबम सार्वजानिक कार्यक्रममा उपस्थित भइ सहयोग गरिदिने सबै सञ्चारकर्मी मित्रहरुप्रति हार्दिक आभार प्रकट गर्दछौं ।

आयोजक
विज इन्टरनेशनल

राइज म्युजिक

  Home  ||   Music  ||    Fashion   ||    Travel   ||    Phone Cards   ||    Contact  
Nepalisite.com

Copyright © Nepalisite.com, 2001-2010  All Rights Reserved.