प्रेस विज्ञप्ति,

मिति २०७७ / ०२ / २१

विश्वभर कोरोना भाइरस १९ को महामारीले सम्पुर्ण जनजीवन नै अस्तव्यस्त बनाएको छ । नेपाल पनि यस महामारीबाट अछुतो रहने कुरा भएन । प्रत्येक दिन भाइरस बाट संक्रमित हुनेको संख्या बढ्नुको साथै मृत्युहुनेको संख्यामा पनि बृद्धी भई रहेको छ । यस अवस्थामा प्राय सबै उद्योग, व्यापार तथा अन्य सम्पूर्ण व्यवसाय ठप्प छ । आ–आफनो व्यवसाय सञ्चालन गर्न नपाउदा आफनो परिवार समेत कसरी पाल्ने भन्ने चिन्तामा रहेको व्यवसायीलाई सरकार बाट यसबारे कुनै राहतको व्यवस्था गर्ने बारे कतै संकेत देखिएको छैन । सरकारको बजेटमा पनि यस सम्बन्धमा अर्थपूर्ण संवोधन भएको पाइएन ।

सुरक्षाको उपायमा सम्पूर्ण देशनै लकडाउनमा छ । लकडाउन लागु भएको पनिदुई महिना नाघिसकेको छ । कहिले खुल्ने एकिन छैन । लकडाउन हटेपनि कारोबार तथा व्यवसाय कसरी सञ्चालन गर्न सकिने हो कुनै मापदण्ड तयारी छैन । त्यसमा पनि व्यूटी पार्लर व्यवसायमा आफ्नो ग्राहकसंग नजिक रहेर सेवा पु–याउनु पर्ने हुन्छ । यो व्यवसायमा अहिलेको कोरोना संक्रमणको अवस्थामा धेरै जोखिमपूर्ण छ । एकातिर ग्राहकलाई पुरा सुरक्षामा राख्नु पर्ने र अर्कोतिर सेवामा खटीने कर्मचारीको पनि उत्तिकै सुरक्षाको व्यवस्था गर्नुपर्ने हुन्छ । त्यसको साथ साथै कार्यस्थलको पनि उत्तिकै सुरक्षाको व्यवस्था गर्नुपर्ने हुन्छ ।

यस पृष्ठभूमीमा लकडाउन बाट साना एवं मझौला व्यवसायी लगायत आम सर्वसाधारण नागरिकको जीवन निर्वाह सम्म असहज बन्दै गएको यथार्थता लाई मनन गरी उद्योग व्यवसाय संचालनमा सहजता ल्याउन र लकडाउन खुकुलो पारी व्यवसाय संचालन गर्ने वातावरण बनाईदिन सरकार संग आग्रह गर्दै सौन्दर्य कला व्यवसायी संघ नेपाल, नेपाल सरकार, स्वस्थ्य मन्त्रालय बाट जारी भएका सबै गाईड लाईनहरू पालना गर्दै आफ्ना सबै सदस्य ब्यूटी पार्लर तथा सैलुन व्यवसायीहरू मार्फत पूर्ण सुरक्षित तवरले सैलुन र व्यूटी पार्लर व्यवसाय सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्दछौ । संघको यस प्रयासमा सहयोग गर्न संघ, नेपाल सरकार समक्ष गम्भीर आग्रह गर्दछ ।

कमला श्रेष्ठ
अध्यक्ष,सौन्दर्यकला व्यवसायी संघ नेपाल

Saundarya Kala Byawasayi Sangh Nepal

 

सम्बन्धित

How To Cut Women’s Hair at Home | COVID-19 DIY

 

घरमा कसरी कपाल काट्ट्ने

दुइ महिना अगाडी

 


Like it? Share with your friends!

Nepalisite