१११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिबसको उपलक्ष्यमा समर्पित “नारी तिमी धर्ती हौ” कविता

नारी तिम्री धर्ती हौ
त्यसैले असंख्य पाईतालाको भार
सहन सक्छौ,
अनि तिमी समुन्द्र हौ

शान्त र स्थिर देखिन्छ्यौ
तर, तर शान्त र स्थिर हुनुको अर्थमा
तिमी कदापी कम्जोर र डरपोक छैनौ
र छैनौ तिमी अचल पनि।

तिमीले चाहेमा यो धर्तीको माटोमा
ममत्वको अंकुरण फैलाउँन सक्छौ
तिमीले आँटेमा हरियाली बसन्त भई
चारैतिर छाउँन सक्छौ

तिमीले चाहेमा उजाड मरुभुमीको
निर्मल गङ्गा पनि बन्न सक्छौ
हौ तिमी जगको जननी पनि
जो आमा बनेर प्रेमको अमृत बर्षा छर्ने

हौ तिमी सृष्टिकी सुन्दर प्रतिमुर्ती
जो जन्मदात्रीको अशक्त भूमिका गर्ने।
नझुक नारी अब,
कुनै अभिमानी आवाजदेखी

नरोक पाईलाहरु तिम्रा
कसैको दम्भ र शासित प्रताड्ना सहि
तिमीले त सदियौंदेखि उत्प्रेरितको सोंचभित्र
बाँधिएकी ठान्यौ आफुलाई

केवल जन्म दिने कारखानाको एक मेशिन झैं
मान्यौ आफुलाई,
फ्याँक ती कलुषित बिचारहरु
तोड आफुलाई कैद गर्ने संकुचित घेराहरु

समयले नयाँ पंख फिंजाई सक्यो
बन्धन र संकुचित सोंचबाट तिमीलाई
मुक्त गराई सक्यो
त्यसैले आऊ नारी स्वतन्त्र आकाशमा

अधिकारको उन्मुक्त उडान भर्न
शोषित र पीडित शब्दलाई मनस्थितिबाट
पलायन गर्न।
हो…..नारी तिमी धर्ती हौ
तिमी ममता र सहनशीलताकी
प्रतिमुर्ती हौ।

रचना -मार्च /५ /२०२१

 

नाम, थर, उपनाम :प्रभा आचार्य -आचार्य प्रभा
ठेगाना :स्थाई दमक झापा ६ (हाल अमेरिका – वासिंगटन डिसी )
सम्प्रति -अध्यक्ष -कोठे साहित्यिक यात्रा २०४७ /२०५२सम्म दमक झापामा
विभिन्न संघ संस्थाहरुमा आबद्ध रही काम गरेको ।
अन्तर्राष्ट्रिय साहित्य समाज America(कोलोराडो) च्याप्टरको अध्यक्ष पदमा रही २०१२ देखि २०१४ सम्म बिभिन्न साहित्यिक कार्यक्रमहरु सन्चालन गर्दै आएको।
प्रकाशित कृति (मिति सहित) :”परदेशबाट” कविता संग्रह (२०६२ )”असह्य पीडा” गजल संग्रह (२०६९ )”मायाको नाकाबन्दी”गीति संग्रह (२०७६ )

प्रसारित/प्रदर्शित/रेकर्डिङ :
रेडियो नाटक,गीति कथाहरु – रेडियो नेपालका कार्यक्रम तथा शाही नेपाली सैनिक कार्यक्रम (त्यो समय )मा हाल सैनिक कार्यक्रममा २०४४ देखि लगभग २०५२ /५५ सालसम्म प्रशारण भएको।रेकर्डेड अडियो एल्बम -“तिम्रो पर्खाईमा “ड्रिम्स”(२०५१) सालमा रेकर्डिङ्ग भएको र “ईश्वर बन्दना”भजन अडियो क्यासेट (२०५५ )सालमा अन्य धेरै गीतहरु विभिन्न नेपालका गायक /गायिकाहरुले गाईसकेको ।नेपाली फिल्म “छहारी”मा २०५२ सालमा गीतहरु लेखेको ।

शैक्षिक योग्यता (शिक्षा ) :स्नातक तह (प्राईभेटबाट)

सेवा (पेशा/व्यवसाय) :बिशुद्ध गृहिणी /लेखन /विभिन्न साहित्य संघ संस्थामा आबद्ध/अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्यापटरमा २०१२ देखि २०१४ )सम्म अध्यक्ष पदमा रही नेपाली साहित्य सेवा गरेको अमेरिकाको (कोलोराडो )मा ।

लेखन विधा :गद्य कविता,मुक्तक,गजल,गीत,हाईकु,लघुकथा,कथा,नाटक,गीति कथा,बिचार,संस्मरण २०३४ सालदेखिको लेखन हालसम्म जारी।(हालै नियात्रा लेखन गर्दै )

पहिलो प्रकाशित रचना( मिति र पुस्तक/पत्रिकाको नाम सहित): “आशा”कविता २०३४ साल।प्रकाशित पत्रिका “नयाँ संन्देश”काठमाण्डौ ।

पदक/ पुरस्कार / सम्मान :बिभिन्न संघ/संस्था /दमक /काठमाण्डौबाट सम्मानित भएको ।


Like it? Share with your friends!

Choose A Format
Personality quiz
Series of questions that intends to reveal something about the personality
Trivia quiz
Series of questions with right and wrong answers that intends to check knowledge
Poll
Voting to make decisions or determine opinions
Story
Formatted Text with Embeds and Visuals
List
The Classic Internet Listicles
Countdown
The Classic Internet Countdowns
Open List
Submit your own item and vote up for the best submission
Ranked List
Upvote or downvote to decide the best list item
Meme
Upload your own images to make custom memes
Video
Youtube and Vimeo Embeds
Audio
Soundcloud or Mixcloud Embeds
Image
Photo or GIF
Gif
GIF format