१६ माघ (२९ जनवरी) मा बाघ हेर्ने उद्देश्य राखेर विश्व सम्पदा चितवन राष्ट्रिय निकुञ्ज तर्फ यात्रा तय गरें । बाघको खानी मेघौलीमा पुगेर राप्तीको डिल समाएर बाघको प्रतीक्षा गरें । जुन डिलबाट ४ वर्ष अगाडि मैले बाघ र गैंडा देखेर खुशी मनाएको थिएं ।

एकान्त डिलमा सास रोकेर बाघलाई कुरिरहेको बेलामा नजिकै मादल बजाएर गाना बजाना नाच शुरु भयो । बाघ न साघ भनेर म जुरुक्क उठेर बाटो तताउन लागें ।

२ जना महिलाहरुले नाच्ने निम्तो दिनुभयो । त्यहाँ महिला पिकनिक रहेछ । बाघ फुत्किएपछि ज्यान बनोस् भनेर खलखल पसिना निकालेर म दिल खोलेर नाचे ।

यो पनि पढ्नुहोस:हाम्रो बाघ : हाम्रो सान

अतितको स्मरण खल्लो मन

बाघ आउने ठाउँमा अग्लो तारबार लगाइएको रहेछ । हुलका हुल चित्तललाई त्यो तारबार अवरोध हुने नै भयो । गाउँका भुस्याहा कुकुरहरुले चित्तललाई लखेटेपछि त्यहि तारबारमा अड्किएर चित्तल मर्दारहेछन् । स्थानीयवासीहरुले सुनाएको त्यो दर्दनाक सत्यकथाले मन छियाछिया भयो । बाघको आहारा घटेको प्रमाण थियो त्यो ।

पिकनिकको नाममा, खेल मैदान, स्कूल, मन्दिर, भ्यू टावरका नाममा सामुदायिक वन (बाघको बासस्थान) मिचेको र बाघलाई आतंकित बनाएको दृश्य झन् दर्दनाक लाग्यो ।

मेघौली रेञ्ज पोष्टको पछाडि गैंडा विचरण गर्ने सुन्दर वन फंडानी गरेर ‘गैंडा पार्क’ बनाउन लागेको देखेर हाँस उठ्यो । जहाँ सांच्चिकै गैंडा देख्न पाइन्छ त्यहाँ आर.सि.सि. गैंडाको स्मारक बनाउन विशाल जग खनेर फलामे रड्को स्तम्भ उठाइराखिएको थियो । फलामे पिलरको पर्खाल कस्ने काम भईराखेको थियो । पार्कको नाममा रुख सखाप । प्रदेश बजेट होस् वा मध्यवर्ती क्षेत्रको, करोडौ रुपयाको दुरुपयोग वातावरण अमैत्री, भद्दा र संरक्षणविरोधी थियो ।

टाईगर टप्स होटलको पालामा दिनमा ९ फ्लाईटसम्म हुने मेघौली एयरपोर्ट वनमारा र झारले कुरुप पारेको देखेर अतितलाई सम्झना गरें । ती फ्लाईटबाट विश्व प्रख्यात प्रकृति तथा वातावरणप्रेमी अतिथिहरु मेघौली अवतरण गर्दथे । जीवनमा सबैभन्दा बढी खुशी र हर्षको अनुभूत गर्दथे ।

Jim Edwards (left) of Tiger Tops, Nepal. He also started the World Elephant Polo Championships which are held in Nepal each year.  He passed away in 2009.

आफूले लगेका १ जना अतिथिको टीप्पणी स्मरण गरें– “सगरमाथाको चुचुरोमा पुगेको क्षण र खुशीलाई चितवन यात्राले बिर्साईदियो । धेरै गुना बढी खुशी र उत्साह थपिदियो । म यहाँ वर्षेउनी आउने संकल्प गर्दछु ।”

मेघौली विमानस्थलमा खुट्टा परेदेखि हरेक सेकेण्डलाई रहस्यमय, आकर्षक, शिक्षाप्रद र उपयोगी ठान्दथे अतिथिहरु ।

Meghauli Airport.

यो पनि पढ्नुहोस:बाघमारा नियन्त्रणको नयाँ अभिभारा

‘पंक्षी हेरौं कि जलचर ? वनस्पति राम्रो कि घांसे मैदान ? जैविक विविधता हेरौं कि भौगोलिक सामाजिक र सांस्कृतिक विविधता ?’

अहिले टाईगर टपको जीर्ण अस्थिपंजर पूर्वाधार भूतबंगला जस्तो भएर बसेको छ रे । मलाई पारि त्यो हेर्न जान मन लागेन ।

तर टाईगर टपले २०५७ सालमा रु १० लाख चन्दा दिएको जानकी मा.वि. मेघौली कति सुन्दर र शान्त । झललल चम्किरहेको ।

टाईगर टपले स्कूल स्कूल गएर संरक्षण शिक्षा डकुमेन्ट्री देखाएका विद्यार्थीहरु अहिले हार्डकोर संरक्षण अभियन्ता भएका ।

बाघको अनुगमन अनुसन्धान र संरक्षण गर्न टाईगर टपले आई.टि.सि.एन. (ईण्टरनेशनल ट्रष्ट फर टाईगर कन्जरभेसन) मार्फत प्रशिक्षित गरेका प्राविधिकहरु बाबुराम महतो र राजु कुमाल लगायतहरु अहिले पनि हातमा दुरबिन र क्यामरा लिएर स्वस्फूर्त बाघको पगमार्क अध्ययन गर्न तल्लीन रहिरहेको ।

कतिपय नेचुरिलिष्टहरु पि.एच.डी. डाक्टर भइसकेका गर्विलो कुरो ।

टाईगर टपले रोजगार दिएका हजारौं स्थानीयवासीहरु आजपनि खुशी, सुखी, अनुशासित र गौरवान्वित । ग्रीन ड्रेसमा सजिएर संरक्षणको अभियन्ता भई समाज सेवामा जुटिरहेका । आफू नमूना भई अनुशासन र संरक्षणको सकरात्मक मार्गमा समाजलाई डोर्‍याइरहेका ।

टाईगर टपको एम्बुलेन्स सुविधा, स्वास्थ्यसेवा र स्वास्थ्य उद्धार पाएर जीवनदान पाएका स्थानीयवासीहरु टाईगर टप प्रति आज पनि अनुग्रहित भइरहेका र टाईगर टपलाई मिस गरिरहेका ।

बाघ संरक्षणमा लागे बापत मासिक भत्ता र कदरस्वरुप नगद पुरस्कार प्राप्त गर्ने जेहेन्दार युवाहरु आजपनि हार्डकोर संरक्षणकर्मी भएर समुदायमा आधारित चोरी शिकार नियन्त्रण समूहमा आबद्ध भएका ।

टाईगर टपको शिक्षा दिक्षा र पाठलाई ‘संरक्षण पुँजी’ ठानेर त्यसको रक्षा सम्मानमा कम्मर कसेर लागेको समुदाय देखेर मलाई टाईगर टपको थप अध्ययन गर्ने सोच र जिज्ञासा पलायो ।

यो पनि पढ्नुहोस:मेरो रानीलाई हार्दिक श्रद्धाञ्जली

फष्ट ईम्प्रेशन

हरियो खागी पोशाक ।

प्राय: चुपचाप तर उद्देश्यप्रति एकाग्र र प्रतिबद्ध । हमेसा काममा दत्तचित्त । संस्थाप्रति ज्यादै बफादार ।

संरक्षण ज्ञान र शिक्षाले ओतप्रोत । भित्र मनमा गहिरो संरक्षण संकल्प ।

समयमा पक्का ।

आत्मविश्वासी, सहयोगी र मिलनसार ।

सेनाभन्दा धेरै मिहेनती र अनुशासित ।

२०५५ सालमा टाईगर टप्सलाई देखेर म नतमस्तक भएको थिएं । त्यसपछि प्रदिप राणा, गौरी, सकली गुरुङ्ग, पदम दाजु लगायतलाई मैले आफ्नो संरक्षण गुरु मानेको थिए । टाईगर टप्सको हरेक कामदार मेरो संरक्षण प्रेरणाको श्रोत हुन् ।
संरक्षणकर्मी जिमको संरक्षणभाव, प्रकृतिप्रेम, समुदायकल्याणभाव र प्रकृतिपुजा देखेर म अत्यन्त प्रभावित भएको थिएं ।

देखाई र भोगाई

जे देखेको थिए त्यो भन्दा अब्बल र उत्कृष्ट पाए टाईगर टप्सलाई । संरक्षण गुरु । समुदायको पुजारी । प्रकृति पुजारी । संस्कृतिको जगेर्ना र सम्मानप्रति संवेदनशील ।

टाईगर टप्सले उहिले पीछडिएको क्षेत्र, जाती, लिङ्ग, समुदायलाई आरक्षण दिन सिकाइसकेको थियो । रोजगारीको ९२ प्रतिशत जनशक्ति थारु, कुमाल र बोटे स्थानीयहरुबाट परिपूर्ति गरिन्थ्यो ।

स्थानीय समुदायलाई स्कूल–स्कूल, घर–घरमा पुगेर संरक्षण सचेतना कार्यक्रम असरदार तरिकाले चलाउदथ्यो । शिक्षा र स्वास्थ्यमा उल्लेखनीय लगानी गरेर सामुदायिक उत्थानमा पुर्‍याएको योगदान कदरयोग्य थियो ।

टाईगर टप्सले कूल क्षमताको २ तीहाई मात्र अतिथि बुकिङ्ग लिने गर्दथ्यो । सबैलाई भरपूर आतिथ्यता पुगोस् र खुशी पार्न सकियोस भन्ने नितान्त सेवामुखी ध्याउन्न थियो ।

भदौको भेलमा रात–दिन कर्णाली नियन्त्रण गर्न हेलिने मलाई र्‍याफ्ट दूर्घटना भएर कालको मुखमा पुग्दा टाईगर टप्सले उद्धार गरेर बचाएको थियो । संरक्षणमा समर्पित गहिरो ज्ञान र ध्यान भएका नेचुरिलिष्टहरुले भरिपूर थियो टाईगर टप्स ।

टाईगर टप्स मलाई कहिले लोभी–पापी व्यावशायिक व्यापारी संस्था लागेन । बरु त्यो ज्यादै अनुशासित र संरक्षणमा समर्पित संरक्षण संस्था लाग्यो । पीछडिएको समुदाय उत्थान गर्ने दाता लाग्यो । र, विश्व बिख्यात पाहुनाहरुको संरक्षणसेवक लाग्यो । त्यही देखाई र भोगाई रहेछ मेघौलीबासीहरुको । टाईगर टप्समा करिब ३४ वर्ष सेवा गर्नुभएको राम सिं गुरुङ्ग लगायत स्थानीयबासीहरु टाईगर टप्सप्रति अनुग्रहित थिए । टाईगर टप्सका पूर्व कर्मचारी सोम बहादुर महतोले मलाई २ दिनसम्म आफ्नो थारु होमस्टेमा आतिथ्यता गरे । उनी र उनका परिवारको आतिथ्यता र अनुशासनमा टाईगर टप्सको शिक्षा दीक्षा र योगदान झल्किन्थ्यो ।

Tharu Museum, Meghauli.

स्थानीय समुदायको अपेक्षा

टाईगर टप्सलाई हटाएर र मासेर ‘न्याउरी मारि पछुतो’ भएको रहेछ स्थानीय समुदायलाई । अरुको डाह र रिसिबिमा बन्द गराईएको टाईगर टप्सको संरक्षणभाव, संरक्षण योगदान र संरक्षण सहयोग अरुसँग चाहेरपनि हुनै नसक्ने सत्यलाई ढीलो भएपनि बुझेछन् स्थानीयहरुले । ‘टाईगर टप्स होटल होइन, संरक्षण संस्था हो र उच्च गुणस्तरीय पर्यटनको जग तथा सम्वृद्धिको ढोका हो भनेर पुनर्स्थापनाको लागि नेताहरुको मन्त्रालय र घर–घर धाएको, डेलिगेसन गएको कथा सुनाए स्थानीय बुढापाकाहरुले । सबैलाई अन्धाधुन्ध एउटै टोकरीमा राखेर टाइगरटप्सलाई फ्यांकेको सरकारी कदमप्रति स्थानीयहरुको गुनासो र बिमति रहेछ ।

अझै आन्दोलन र डेलिगेसनको पक्षमा थिए उनीहरु । एउटा संस्थाले समाजमा छाडेको सकरात्मक प्रभाव देखेर आफू हर्षित र भावुक भएं । टाईगर टप्सको गुनगान सयौं वर्षसम्म गाईरहने छन् त्यहाका जनताहरु ।

ईन्दिरा गान्धी र राजिव गान्धीको आतिथ्यता गरेको टाईगर टप्सले धेरै विश्व नेताहरुको सानदार आतिथ्यता गर्‍यो । गान्धीहरुले बाफरे बाफ् भन्दै टाईगर टप्स व्यवशाय भारतमा स्थापना र संचालन गरिदिन आग्रह गरे । टाइगर टप्स सञ्चालकहरुले भारत, थाईल्याण्ड र श्रीलंकामा यो व्यवशाय बिस्तार गरे । तर चितवनको पहिलो टाईगर टप्स आज स्थानीयवासीहरुको स्मृतिमा मात्र सीमित छ ।

Elephant Polo Ground, Meghauli.

वन्यजन्तु संरक्षणको पायनियर टाइगर टप्सले नेपाल सरकारको आग्रहमा थारुलज नवलपरासी, टाईगर टप्स कर्णाली लज, टाईगर माउण्टेन पोखरा लज बिस्तार गरे । १९७४ मा चकले बाघ सर्भे र अनुगमन कार्यक्रम संचालन गरे । १९७८ मा दूर्लभ घडियाल गोहीको दिगो संरक्षण गर्न ‘घडियाल ब्रिडिङ्ग सेण्टर’ स्थापना गरे । १९८० मा स्थानीयमा आधारित बाघ संरक्षण कार्यक्रम आई.टि.एन.सि. खोले । १९८२ बाट विश्व प्रसिद्ध प्रकृति र वन्यजन्तुप्रेमी खेलाडी नेपाल भित्र्याउन ‘वर्ल्ड ईलेफ्याण्ट पोलो’ खेल खेलाए । २००६ मा दूर्लभ भल्चर संरक्षण गर्न टाईगर टप्सको सहयोगमा विश्व मै पहिलो ‘जटायु भल्चर रेष्टुरेण्ट’ संचालनमा ल्याए डि.बि. चौधरीले ।

Vultures around Jatayu Restaurant, Kawasoti, Nawalparasi.

गहिरो र उल्लेखनीय संरक्षण इतिहास बोकेको नेपालको प्रथम टाइगर टप्स चितवनको पुनर्स्थापनाको लागि स्थानीयवासीहरुले प्रार्थना गरिरहेको देखे । टाईगर टप्सलाई रिसिबि र छी: छी: दूर–दूर होइन सम्मान गरोस राज्यले भन्ने स्थानीयवासीहरुको माग आफूलाई मनासिब लाग्यो । निकुञ्ज बाहिरै किन नहोस् पहिलाको सानदार संरक्षण र पर्यटन सेवा पुन:सञ्चालनमा ल्याएर नेपालको संरक्षण र सम्वृद्धिको यात्रामा साथ दिनुपर्दछ ऐतिहासिक सहयात्री टाइगर टप्सले । मध्यवर्ती क्षेत्रमा खुलेका अरु होटलहरुले प्राकृतिक सम्पदाको दोहन गरेर आफूमात्र आयआर्जन गर्ने होइन, संरक्षणको पहरेदार भएर समुदायको उत्थानमा योगदान गर्न टाइगर टप्सको मोडल अनुकरण गर्नुृपर्दछ ।

कोरोना कहर न आन्दोलनको रहर

राष्ट्रिय निकुञ्ज र टाइगर टप्सले दीक्षित गरेको समुदायको प्रकृति प्रेम, संरक्षणभाव, एकोहोरो मिहेनत र ईलमप्रतिको सकरात्मक सोच देखेर आफूमा उर्जा भरियो । त्यही समुदायमा बिलिन भएर राप्ती वारिबाट पारिको बाघ संरक्षण गर्न पाए हुन्थ्यो लाग्यो ।

मेघौलीको जनताको खुसी र सुख देखेर ‘सम्बृद्ध नेपाल’ टाढा छैन भन्ने विश्वास पलायो ।

तोरी फापर उठाउन फुर्सद छैन । गाई बाख्राको चटारो अर्कोतिर । दुधको खोलो र दुग्धजन्य पर्दाथको खानी । हांस, कुखुरा, माछापालन पाईला पाईलामा। न कोरोना कहर । न आन्दोलनको रहर । आफ्नो भाग्य आफैं बनाउन दत्तचित्त समुदायलाई देखेर गर्व बोध भयो ।

राष्ट्रिय निकुञ्जप्रति अगाध आस्था विश्वास र समर्थन थियो अधिकांश जनसमुदायको । एकादुई विरोधी पाङ्ग्रेहरु जहाँ पनि भइहाल्दछन् ।

राजनीतिक झगडा, आन्दोलन र चुनावप्रति जनताको रत्तिभर ध्यान थिएन । न परिवर्तन र सुधारको आशा अपेक्षा थियो । केवल थियो बाघ गैंडाको संरक्षण प्रार्थना र आफ्नै घरधन्दाको ध्यान । सुखी समाजको त्यो मोडल देखेर मैले जंगलको बाघलाई हेर्न नपाए पनि बाघका मालिक (स्थानीयवासी) हरुलाई हेरेर खुशी मनाए ।

अन्तिम पुकार

जानकी मा.वि.का प्रधानध्यापक दुर्गा सापकोटाको मुक्त कण्ठले प्रशंसा गरें । निकुञ्जसँग जोडिएको स्कूललाई बिलकूल सफा राखेर चम्काएको देख्दा दिलखुस भयो । स्कूलमा वन्यजन्तु पीडितका बालबच्चा पढाउने आफ्नो संस्था किवानिज् तयार रहेको वचनबद्धता प्रकट गरें । मिनी स्टेडियम बनाएर त्यो स्कूललाई नमूना स्कूल बनाउन सकिने सम्भावना देखेर आफू हर्षित भएं । स्कूलका विद्यार्थीलाई ‘जुनियर रेञ्जर’ बनाउन पाए हुने थियो भनेर पुकार गरें । पूर्व शिकारीहरुको सानदार पुनर्स्थापना कार्यक्रम गर्न पाए हुने थियो लाग्यो ।

Janaki School, Meghauli.

कति स्वच्छ हावा । कति स्वस्थ, सवल र सक्षम जनशक्ति । कति सफा र स्वास्थ्यबर्धक जल । कति हरियो स्वस्थ जंगल । कति उर्वर माटो । यी ५ तत्वहरुको धनी देश नेपाल र बफरजोन शीघ्र सम्बृद्ध र सुख–शान्त हुने विश्वास लिएं । नयाँ वनमन्त्री, नयाँ वन सचिव, नयाँ महानिर्देशक, नयाँ राष्ट्रिय निकुञ्ज निर्देशनालयको (जंगी) निर्देशकको टीमले प्रकृति संरक्षणको क्षेत्रमा नमूना टीमवर्क मार्फत कायापलट गर्ने आशा र विश्वास जगाएर उर्जाशील थारुहरुलाई नमन् गर्दै शुभकामना दिएर विदा भएं ।

जय प्रकृति संरक्षण ।
बाबुकृष्ण कार्की
बाघ गोठालो ।

बाबुकृष्ण कार्की, बाघ गोठालो

Like it? Share with your friends!

Choose A Format
Personality quiz
Series of questions that intends to reveal something about the personality
Trivia quiz
Series of questions with right and wrong answers that intends to check knowledge
Poll
Voting to make decisions or determine opinions
Story
Formatted Text with Embeds and Visuals
List
The Classic Internet Listicles
Countdown
The Classic Internet Countdowns
Open List
Submit your own item and vote up for the best submission
Ranked List
Upvote or downvote to decide the best list item
Meme
Upload your own images to make custom memes
Video
Youtube and Vimeo Embeds
Audio
Soundcloud or Mixcloud Embeds
Image
Photo or GIF
Gif
GIF format